Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई महिनापछि प्रशिक्षणमा आए फूटबल महारथी मेसी, लयमा फर्किँदैछन् 

शनिबार, भदौ २९, २०८१

काठमाडौं– घुँडामा चोट लागि रेस्टमा रहेका फूटबल महारथी लियोनल मेसी दुई महिनापछि इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्। ३७ वर्षीय मेस्सीले क्लबको प्रशिक्षणमा पुनरागमन गरेका हुन्। 

जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियामाथि जित हात पार्दा घुँडामा चोट लागेपछि मेसीले कुनै पनि खेल खेलेका थिएनन्। गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए ।

अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गर्दा मेसीलाई समावेश नगर्नुको कारण पनि उनी रेस्टमा रहनु थियो। 

अर्जेन्टिनाले सेप्टेम्बर ५ चिलीमाथि ३–० गोलको जित निकाल्दा कोलम्बियासँग भने २–१ गोलको हार बेहोरेको थियो ।

यता, क्लबका लागि भने उनले गत जुन महिनायता खेल्न पाएका छैनन्। तर मेजर लिग सकरअन्तर्गत हुने फिलाडेल्फियासँगको खेलमा भने उनी मैदानमा लयमा देखिने सम्भावना रहेको छ।

अमेरिकन लिगमा उनीआबद्ध मियामी २७ खेल खेलेर ५९ अंकका साथ शीर्ष स्थानमा छ। 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी मियामी जाने निश्चित
बिहीबार, जेठ २५, २०८०

मेसी साउदी जाने पक्का
शुक्रबार, जेठ १९, २०८०