Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन 

शनिबार, भदौ २९, २०८१

कैलाली– धनगढीमा मोहना नदीमा आएको बाढीले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)को दुई वटा  भवन बगाएको छ।

शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बीओपीका तीन भवन थिए। दुई वटा बगाएको बताइएको छ।

बीओपीलाई अहिले सामुदायिक भवनमा अस्थायी रुपमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

दुई नयाँ भवन बगेपछि अहिले पुरानो भवन मात्र बाँकी छ। त्यो पनि जोखिममा रहेको बताइन्छ।  
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्