Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोनाल्डोको लिजेन्डरी सम्मानमा पोर्चुगलले निकाल्यो युरो CR7, यस्तो छ सिक्का

शनिबार, भदौ २९, २०८१

काठमाडौं– फूटबलर क्रिस्टियानो रोनाल्डो फूटबलको महानता र अनुपम उपलब्धिको सम्मानमा पोर्चुगलले एउटा युरो सिक्का जारी गरेको छ। आफ्नो

राष्ट्रको लागि महत्त्वपूर्ण योगदान गरेको, सन् २०१६ को युरोकप जिताएकोलगायतको चर्चासहित सिक्का तयार पारिएको हो। 

अपार सम्मान र प्रशंसाका निम्ति पोर्चुगलले यो विशेष सिक्का जारी गरेको हो। सिक्कामा रोनाल्डोको आकृति खिप्नुको साथै सीआरसेभेन उल्लेख छ। 

यो स्मारक सिक्काले इतिहासमा सबैभन्दा महान फूटबल खेलाडीहरू मध्य एकको रूपमा उनको उल्लेखनीय उपलब्धिहरूको सम्मान र स्मरण गरिने बताइएको छ। 

फूटबलको दुनियाँमा चम्किलो नाम मात्र नभएर परोपकारी काममा पनि रोनाल्डोको चर्चा गरिएको छ। बाल अस्पताल, विपद् राहत प्रयास र शैक्षिक पहलहरूका लागि रोनाल्डोको स्मरण सर्वदा हुने जनाइएको छ। 

रोनाल्डो पाँच पटकको बालोन डी’ओर विजेता र पाँच पटकको यूईएफए च्याम्पियन्स लिग च्याम्पियन हुन्। उनले फूटबलको संसारमा असाधारण रूपमा उच्च स्थान बनाएका छन्। करिअरमा ९०० भन्दा बढी गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगमा सर्वकालीन शीर्ष स्कोरर हुन्। (द फ्रि प्रेस जर्नल)

cr7-1726297970.jpg
रोनाल्डोको सम्मानमा पोर्चुगलले जारी गरेको सीआरसेभेन सिक्का, यो सिक्कामा रोनाल्डोको प्रतिमा खिपिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्