Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री ओली

शनिबार, भदौ २९, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्रीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित  एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गरेका हुन् । 

 होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताए । “व्यवसायीहरू निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन । सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ ।” प्रधानमन्त्री ओलीले भने, “तपाईँहरू पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।”

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्