Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको आन्तरिक बैठकमा बालेन आतङ्क, कार्यकर्तामाथि यसरी खनिए प्रधानमन्त्री ओली

शनिबार, भदौ २९, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी ओलीले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गरेका छन् ।

शनिवार काठमाडौँमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे त्योसँग जनमत छ रे । नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ त हामीले बोक्नेले त बोकेकै छ त । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मार्‍यो भन्दै चलाइदिन्छ । त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ ।’

उनले एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै असन्तुष्टि पोखे । उनले एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको, सबैको हात हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको गुनासो गरे । 

उनले भने– ‘सबैभन्दा धेरै हाम्रै कार्यकर्ता छन्, सबैको हात हातमा मोबाइल छ तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ, विरोधीसँग लड्नका लागि मोबाइल बन्द हुन्छ । अनि हामी लड्छौँ कसरी छ ?’

यो भएन त्यो भएन भन्ने, आफ्नै साथीभाइसँग लड्ने तर विरोधीसँग आँखा उठाएर हेर्न नसक्ने, बोल्न नसक्ने हुतीहारा अवस्था रहेको उल्लेख गरे । उसको कमजोरी खोतल्दा आफ्नो पनि कमजोरी खोतल्देला भनेर बसेपछि कसरी हुन्छ लडाइँ ? आफूसँग भएका सबै अस्त्रहरू प्रयोग गर्नुपर्‍यो ।’

उनले लडाइँमा बलियोसँग हराउन टोकिदिएर पनि जित निकाल्न सकिने उदाहरण दिए । आफ्नो अन्तिम अश्र हुनुपर्ने बताए । कार्यकर्तामा लडाकुपन र सक्रियता नभएकोमा चिन्ता व्यक्त गरे ।  छेउमा रहेका व्यक्तिलाई ओलीले सोधे– ‘हाम्रा सदस्य कति छन् ?’ छेउका व्यक्तिले भने २३ लाख २० हजार 

त्यसपछि ओलीले भने– ‘एउटा सदस्यले अर्को एक जना व्यक्तिलाई मात्र तान्यो भने पनि ४६ लाख मत हुन्छ ।’  उनले कार्यकर्ताहरुलाई आफ्नो भूमिका परिवर्तन गर्न आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्