Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रिमियर लिगको लागि ८ मार्की खेलाडी आबद्ध टोली छनौट

शनिबार, भदौ २९, २०८१

 काठमाण्डौ -नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संकरणका लागि मार्की खेलाडी आबद्ध टोलीको छनौट भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज काठमाण्डौमा गोला प्रथामार्फत खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो ।

यसअघि हिजो क्यानले आठ जना मार्की खेलाडीको सूची सार्वजनिक गरेको थियो । त्यही सूचीअनुसार आज भएको लक्की ‘ड्र’ मा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन् । यस्तै सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाण्डौ, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन् ।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाण्डौमा हुँदैछ । क्यानले एनपिएल पहिलो पटक आफैंले आयोजना गर्न लागेको हो । क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्