Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताप्लेजुङमा भूकम्पको धक्का

आइतबार, भदौ ३०, २०८१

काठमाडौ - ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो ।

यस अघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्