Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोरङको ‘बाह्रमासे’ जुवाखालबाट गाउँपालिका पूर्वअध्यक्षसहित नौ जना पक्राउ, १८ लाख जफत 

आइतबार, भदौ ३०, २०८१

काठमाडौं– बाह्रमासे जुवाखाल भनिने स्थानबाट १८ लाख जफत गर्दै मोरङ प्रहरीले गाउँपालिका पूर्वअध्यक्षसहित नौ जनालाई शनिबार राती पक्राउ गरेको छ।

मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

२०७४ सालमा माझी ग्रामथान गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि थिए। 

जुवाखालबाट १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत पनि जफत गरिएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्