Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

आइतबार, भदौ ३०, २०८१

ललितपुर - शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी साधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डे बताए। 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार