Nic Ad Nic Ad
Nic Ad Nic Ad

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

आइतबार, भदौ ३०, २०८१

काठमाडाैं -महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।

आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।

यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, आमविक भौतिकीमा हालैका कामहरू भएका छन्, त्यहाँ युरेनियमलाई नयाँ र महत्त्वपूर्ण ऊर्जा स्रोतमा परिणत गर्ने सम्भावना छ । आइन्स्टाइनले चेतावनी दिएका थिए, यो ऊर्जा धेरै शक्तिशाली विस्फोटक बनाउन प्रयोग गर्न सकिन्छ । सोही पत्रमा आइन्स्टाइनले अमेरिकी सरकारलाई न्यूक्लियर फ्युजनको बारेमा अनुसन्धान गरेर परमाणु बम बनाउन पनि सुझाव दिएका थिए ।

आइन्स्टाइनको पत्र लिलामी गर्ने कम्पनी क्रिस्टीजसँग सम्बन्धित वरिष्ठ विज्ञ पीटर क्लार्नेटले यो पत्रलाई विश्वको इतिहासको सबैभन्दा प्रभावशाली पत्रमध्ये एक भनेका छन् । आइन्स्टाइनले यो पत्र सन् १९३९ को गर्मीमा लेखेका थिए । २००२ मा, माइक्रोसफ्ट सह-संस्थापक पॉल एलेनले २.१ मिलियन डलरमा एक संग्रह किनेका थिए, आइन्स्टाइनको यो पत्र पनि त्यही सङ्ग्रहको अंश थियो । पहिले यो पेपर प्रकाशक माल्कम फोर्ब्ससँग थियो, जुन माल्कम फोर्ब्सले हंगेरीका भौतिकशास्त्री लियो जिलार्डबाट किनेका थिए ।

जिलार्डले यो पत्र लेखेका थिए, जसमा अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेका थिए । तर, जब जर्मनीले आत्मसमर्पण गर्‍यो, आइन्स्टाइनले आणविक हतियारको प्रयोग ठीक नभएको महसुस गरे । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको नागासाकी र हिरोशिमामा आणविक हतियार प्रयोग गरेको थियो जसमा दुई लाखभन्दा बढी मानिस मारिएका थिए । आइन्स्टाइनले यसप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्