Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ - संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार आज बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने समितिको बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्