Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्बाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्शमा जुटे सभामुख

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ - बिना अवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा जुटेका छन् । ।

सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, प्रमुख विपक्षी दल माओवादी केन्द्र तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गरेका छन् । 

यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरूले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए । यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरूले संसद्मा अवरोध गरेका थिए ।

उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ बजे आह्वान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्