Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीआरएस गेमिङ र होरा इस्पोर्टस् ‘पीएमजीसी २०२४’का लागि छनौट

आइतबार, भदौ ३०, २०८१

काठमाडौं– पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२४ मा नेपालको लगातार उत्कृष्ट प्रदर्शन कायम रहेको छ।
नेपालका डीआरएस गेमिङ र होरा इस्पोर्टस् छनौट भएका छन्।

सेन्ट्रल तथा दक्षिण एसीयाली छनौट पार गर्दै यी दुई नेपाली टोलीले विश्वकपमा स्थान बनाएका हुन्। डीआरएस गेमिङचाहिँ यस प्रतियोगितामा लगातार ५ पटकसम्म छनौट हुने विश्वको दुर्लभ टोली हो। 

यसअघि डीआरएसले २०२२ मा उपबिजेता बनेर नेपालका निम्ति इतिहास रचेको थियो। विश्वका ४८ योग्य टोलीबीच नोभेम्बरमा लिग चरणमा भाग लिनेछन्। त्यसलगत्तै ग्रान्ड फाइनले डीसेम्बरको ६ देखि ८ बीचमा बेलायतमा हुने तालिका रहेको छ।

लिगमा छनौट भएका १५ र आयोगकसहित १६ टोलीको प्रतिस्पर्धा हुनेछ। बिजेताले ३० लाख अमेरिकी डलर पाउनेछ। यसअघि २०२२ को च्याम्पियनसिपमा पनि नेपालका तीन टोली सहभागी थिए। 

नेपालबाट डीआरएस, टिटुके र स्काईलाइट्स गेमिङले विश्वकप खेलेका थिए। ति मध्य डीआरएस र टिटुके अन्तिम चरणमा पुगेका थिए।  
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्