Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन विमानस्थलबाट हराएका भुसाल झन्डै १५ घण्टापछि एकान्तकुनामा भेटिए

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन भएका एक व्यक्ति झन्डै १५ घण्टापछि भेटिएका छन् ।

पर्वत पैयुँ नगरपालिका-१ का ७६ वर्षका दण्डपाणि भुसाल हिजो शनिवार राति १०:३० बजेदेखि सम्पर्कविहीन भएका थिए। विमानस्थल ओर्लिएपछि आफन्तको सम्पर्कमा आएका उनी त्यसपछि हराएका थिए। उनी केही बेरअघि आफन्तको सम्पर्कमा आएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेवे प्रशासनलाई जानकारी दिए ।

भुसालका आफन्तले आइतबार बिहान गौशाला प्रहरी वृत्तमा उनी हराएको भन्दै निवेदन दिएका थिए। त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। विमानस्थलमा रहेको सिसिटिभीको भिडिओमा शनिवार राति नै भुसाल बाहिरिएको भेटिएको र सोही आधारमा खोजी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एकान्तकुनाबाट उनलाई अहिले प्रहरी वृत्त गौशाला ल्याइँदैछ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्