Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने केजरीवालको घोषणा

आइतबार, भदौ ३०, २०८१

काठमाडौं– आम आदमी पार्टीका प्रमुख तथा भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले दुई दिनमा राजीनामा दिने बताएका हुन्। 

भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवाललाई सराव (मदिरा) घोटालामा भारतीय सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेशन (सीबीआई)ले पक्राउ गरी अनुसन्धान गरेको थियो। 

मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

राजीनामापछि उनी नयाँ दिल्लीका जनताका घर घरमा पुग्नेछन्। जनताको निर्णयपछि मात्र मुख्यमन्त्रीको कुर्सीमा बस्ने बताएका केजरीवालले जेलमा हुँदा लोकतन्त्रको रक्षाका लागि राजीनामा नदिएको बताए। 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्