Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ- प्रतिनिधि सभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख समेतक र सचेतकहरूलाई बोलाएका थिए ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् । एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेको विरोधमा माओवादीले अघिल्लो बैठक पनि अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्