Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेनको पक्षमा उभिए कांग्रेस नेता, प्रधानमन्त्री ओलीसँग राखे यस्तो माग 

आइतबार, भदौ ३०, २०८१

काठमाडौं– नेपाली कांग्रेसका एक जना नेता तथा सांसद काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा उभिएका छन्। 

कांग्रेस नेता शंकर भण्डारीले विज्ञप्ति नै जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बालेनविरुद्ध दिएको अभिव्यक्तिका विषयमा टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्री राष्ट्रकै अभिभावक भएको ध्यानाकर्षण गराउँदै भण्डारीले प्रधानमन्त्रीजस्तो व्यक्ति एउटा व्यक्ति वा संस्थाविरुद्ध उभिन नहुने बताएका छन्। 

महानगरका जनताले बालेनलाई जिताएको र काठमाडौं बनाउनका लागि उनले राम्रो काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ। 

तर बालेनमाथि निरन्तर प्रहार गर्न र आफ्नो पार्टीलाई त्यस्तो निर्देशन दिनु प्रधानमन्त्रीका लागि शोभनीय नभएको बताएका भण्डारीले भनेका छन्,‘केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिने विषय सुहाउँदो लागेन।’ 

भण्डारीले प्रधानमन्त्री राष्ट्रिय हितका विषयमा पार्टी स्वार्थभन्दा माथि उठ्नुपर्ने उल्लेख गरेका छन्। 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्