Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीलक्षित सुमना श्रेष्ठको कटाक्ष- ७० पुग्दा तपाई गाँस खोस्न आउनुभयो भन्ने छैन

आइतबार, भदौ ३०, २०८१

काठमाडौं- नयाँ दललाई प्रधानमन्त्री केपि ओलीले खान जन्मिएका खन्चुवाहरू भन्ने प्रतिक्रिया दिएपछि पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले बाल दिवसको शुभकामना दिदै साना सानीबाबुलाई ठुला सपना बुन्न आग्रह गरेकी छिन् । ३० वर्ष पुग्दा आफु ७० बर्षको हुने बताउदै उनले त्यस समयमा आफुले गाँस खोस्न आयो भनेर नभन्ने बताएकी छिन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले भनेकी छिन् 
मेरा प्रिय साना नानीबाबु, 
मैले देखेका भन्दा पनि ठूला सपना बुन्नुहोला । नयाँ, नयाँ आविष्कार बनाएर देशलाई शिखरमा पुर्‍याउनुहोला है । जब तपाईं ३० वर्ष पुग्नु हुनेछ र म ७० पुग्नेछु, जब तपाईं म भन्दा सक्षम र म भन्दा प्रतिभाशाली भएर मसँगै उभिनु हुनेछ, म तपाईंलाई मेरो गाँसू खोस्न आउनु भयो भन्ने छैन । तपाईंका सपना पूरा गर्न मैले आज के गर्नुपर्छ, मैले जानेसम्म, भ्याएसम्म त्यही गर्नेछु ।
बाल दिवसको शुभकामना ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्