Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुख रानाको विवादको विषय सन्तोष परियारले गिजोलेको एमाले प्रमुख सचेतकको ठहर

आइतबार, भदौ ३०, २०८१

काठमाडौं– उपसभामुख इन्दीरा राना मगरलाई राजीनामा दिन सत्तारुढ दलका सांसदले माग गरेको विषयका प्रमुख कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार रहेको एमालेका प्रमुख सचेतकले बताएका छन्। 

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार गठबन्धनको बैठकमा उपसभामुखको विवादको विषयमा छलफल भए पनि उचाल्ने तयारी थिएन तर सदन बैठकमा परियारले यसलाई मुद्दा बनाएपछि राजीनामा मागिएको थियो। 

सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तर्वार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरे पनि उचाल्ने पक्षमा आफूहरू नरहेको बताए। 

‘सन्तोष परियारले फायर खोल्नुभयो, अनि जिम्मेवार दल राजीनामा माग्न बाध्य भयो’, बर्तौलाले भने,‘सत्ता पक्षलाई हिलो छ्यापियो, सहेर बस्ने कुरा थिएन।’ 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्