Nic Ad Nic Ad
Nic Ad Nic Ad

विधायन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।

रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल र एकीकृत समाजवादीका तर्फबाट जयन्ती देवी राइको उम्मेदवारी परेको छ ।दाहालको प्रस्तावकमा काँग्रेसका आनन्दप्रसाद ढंगाना र एमालेकी भगवती न्यौपाने छिन् ।

राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश कुमार आलेमगर रहेका छन् ।

राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ ।

उनको प्रस्तावकमा एकीकृत समाजवादीका मदन कुमारी शाह (गरिमा) र समर्थकमा माओवादी केन्द्रका नर बहादुर विष्ट रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्