Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक सांसदले बोलेका कुरामा संसद् अवरुद्ध गर्नु अनुचित : प्रवक्ता महत

आइतबार, भदौ ३०, २०८१

काठमाडौं–  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कुनै एक सांसदले सदनमा बोलेका कुरालाई लिएर संसद् नै अवरुद्ध गर्नु उचित नहुने बताएका छन् ।

आइतबार सदन अवरुद्ध भएपछि संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सदनमा सांसदहरूले धेरै विषयमा बोल्ने गरेको एक सांसदले बोलेको कुरालाई लिएर मात्रै संसद् अवरोध गर्नु उचित नभएको बताएका हुन् ।

माओवादी सशस्त्र द्वन्द्वलाई स्वीकार गरेर मुलुकमा शान्ति प्रक्रिया अघि बढेको अवस्थामा अनावश्यक आशंका जन्माउन नहुने उनले बताए ।

महतले विपक्षमा हुँदा धेरै प्रतिक्रियात्मक हुने र सत्तापक्षमा हुँदा रक्षात्मक हुने कुरा उचित नभएको पनि जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्