Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद् अधिवेशन अन्त्यका लागि सिफारिस

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ - सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्