Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेन पुगे भारत, इन्द्रजात्रामा प्रधानमन्त्री ओली मात्रै!

आइतबार, भदौ ३०, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन अहिले भारतको बैंगलोरमा छन् । गत मंगलबार बैंगलोर पुगेका साह पर्सि मंगलबार स्वदेश फर्किनेछन् ।

सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन उनी त्यहाँ गएका हुन् । मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् । यसपाली बालेन इन्द्रजात्रामा उपस्थित हुने छैनन् । मंगलबार इन्द्रजात्रा नभ्याउने गरी आइपुग्ने सेड्यूल रहेको सचिवालय स्रोतले बतायो । 


 

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्