Nic Ad Nic Ad
Nic Ad Nic Ad

गगन थापाले भने- नेपाली दलहरूप्रति चीनको नीति स्पष्ट छैन

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् ।

आइतबार काठमाडौँमा पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा महामन्त्री थापाले चीन सरकारले एकातिर सबै नेपालका दलहरू चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरू मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताएका हुन् ।‘म काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर सबै नेपालका दलहरू चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे एक छिनपछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ’, उनले भने, ‘मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ ।’

नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने उनले बताए ।

राजनीतिक दल र संवैधानिक शक्तिहरू एक ठाउँमा उभिएर चीनले नेपालमा संविधान मान्ने जुनसुकै दललाई पनि विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्ने पुस्तकमा उल्लेख रहेको उनले सुनाए ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्