काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत आठ महिनामै फेरिए
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई आठ महिनामै सरुवा गरिएको छ । २७ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले परियारसहित ४० सहसचिवको सरुवा गरेको हो ।
परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको छ भने उनको ठाउँमा सरोज गुरागाईंलाई पठाइएको छ। गत ५ माघमा परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए ।
तर, छोटो समयमै सरकारले उनको सरुवा गरेको हो। उनीसँग महानगरका मेयर बालेन्द्र शाहसँग उनको ‘ट्युन’ मिलेको पनि थियो । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र महानगरका मेयर बालेन्द्र शाहबीच सम्बन्ध राम्रो नहुँदा प्रशासकीय प्रमुखलाई पनि छिटो सरुवा गरेको अनुमान गरिएको छ। हाल महानगरमा सरूवा गरिएका गुरागाईं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए।
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१ २१:०६
प्रतिक्रिया दिनुहोस्