Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीले अनामनगरमा चालकसहित ट्याक्सी बगायो

सोमबार, भदौ ३१, २०८१

काठमाडौं – काठमाडौंको देवीनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ ।

आइतबार चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरी वृत्त, सिंहदरबारका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । ट्याक्सीमा चालक मात्र थिए ।

हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट धोबिखोलामा खसेको बा २ ज १७९२ नम्बरको ट्याक्सीलाई बाढीले बगाएको थियो ।

उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको हो । ट्याक्सी चालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

उनले ट्याक्सी लिएर बिजुलीबजार हुँदै एकान्तकुनातर्फ जाँदै थिए । चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०३:३७
प्रतिक्रिया दिनुहोस्