Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र संघको महासभा प्रस्थान गर्नुअघि सदनमा प्रधानमन्त्री ओलीको सम्बोधनको कार्यतालिका, नजीर यस्तो छ

सोमबार, भदौ ३१, २०८१

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज अपराहन्न १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयलेव जानकरी दिएको छ ।

माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको हिंसाु शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन्। त्यसअघि उनले सदनमा सम्बोधन गर्ने कार्यतालिका सोमबार दिउँसो १ बजेलाई निर्धारण गरिएको छ।

हिंसा शव्द रेकर्डबाट हटाउने या नहटाउने विवादका कारण माओवादीले अबरुद्ध गरेको सदन निर्धारित समयमा चल्छ वा अबरोध हुन्छ भन्ने निधो छैन।

यसअघि संसदीय छानबिन समिति गठनको बेला कांग्रेसले अवरोध जारी राखे पनि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्न अवरोध नगरिएको नजीर पनि छ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्