Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीमा लामिछानेको नाम राख्दै सरकारलाई प्रतिवेदन, समितिले धनराजबारे पनि निर्णय लियो

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– सहकारीमा भएका घोटाला र ठगीका विषयको दुई महिना १५ दिनको छानबिनपछि संसदीय समितिले सरकारलाई सोमबार प्रतिवेदन बुझाउने निर्णय गरेको छ। 

आइतबार बिहानदेखि रातीसम्म भएको समितिको बैठकले सहकारी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि यस प्रकरणमा संलग्न रहेको भनी प्रतिवेदनमा नाम उल्लेख गरेको छ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्ने माउ संस्था गोर्खा मिडियाका सञ्चालकका रुपमा गरिएका काम कारबाही, हस्ताक्षर, रकमका चेक ईश्युलगायतका विषयमा लामिछानेको नाम तानिएको हो। 

यसैगरी जीबी राई, पूर्वप्रहरी नायव महानिरिक्षक समेत रहेका अर्का सञ्चालक छविलाल जोशी, कुमार रम्तेलसहितको नाम किटान गरी प्रतिवेदन तयार पारिएको छ।

यसैगरी मितेरी सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङको विषयमा पनि समितिले निर्णय लिएको छ। समिति स्रोतका अनुसार गुरुङमाथि लागेको अभियोगको विषयमा अनुसन्धानका लागि सरकार, गृह मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पत्राचार गरिने भएको छ। 

यसअघि नै उक्त प्रकरणमा सीआईबीमा परेको उजुरीका आधारमा छानबिन सुरु भइसकेको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्