Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

सोमबार, भदौ ३१, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक अहिले बिहान साढे ७ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बोलाइएको छ ।

आजको बैठकमा विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि छलफल हुने बताइएको छ । शनिबार पनि दिउँसो १ बजेदेखि राति १० बजेसम्म बैठक बसेको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

रास्वपामा विधानको धारा २४ को उपधारा (ञ) मा कार्यदलका सदस्यबीच मत विभाजनको अवस्था देखिएको छ । मौजुदा विधानमा पार्टी सभापतिले दुई चरणमा १०—१० जना गरी पार्टीको पदाधिकारी मनोनीत गर्ने प्रावधान छ । त्यसलाई संशोधन गर्ने विषयमा कार्यदलका सदस्यहरू विभाजन भएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्