नेभिगेशन
राजनीति

अन्तिम बैठक सकेर राती १२ बजेपछि संसद अधिवेशन अन्त्य

काठमाडौं– सरकारले सोमबार राती १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषदको बैठकले आइतबार साँझ यस्तो निर्णय गरेको थियो। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्ने कार्यसूची रहेको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सदन अवरोध गरेका कारण चल्न सकेको थिएन। माओवादी युद्धलाई एमालेका सांसद योगेश भट्टराईले भनेको हिंसा भन्ने शव्द रेकर्डबाट हटाउनुपर्ने मागसहित सदन अवरोध भइरहेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति