Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुख घिमिरेले डाके कार्य व्यवस्था समितिको बैठक, यी हुन् दुई एजेन्डा

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। 

सोमबार दिउँसो १२ बजेर १५ मिनेटमा संघीय संसद भवन नयाँ वानेश्वरमा बैठक डाकिएको हो। त्यसका दुई वटा मात्र एजेन्डा रहेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा गर्ने सम्बोधन र संसद अधिवेशन अन्त्यको सरकारको निर्णयमाथि समितिमा छलफल हुने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्