Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंसिर १६ गतेले संकेत दिनेछ प्रमुख तीन दलप्रति जनताको रुची, के हुँदैछ त्यस दिन?

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– जनतामा प्रमुख तीन दलबीचको रुची कस्तो बनिरहेको छ भन्ने संकेत आगामी मंसिर १६ गते पत्ता लाग्ने तय भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही मितिमा रिक्त रहेका स्थानीय, प्रदेश तहको उपचुनाव गराउनका लागि निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। 

स्थानीय तहका प्रमुख–उपप्रमुखसहित वडाध्यक्ष, सदस्यका निम्ति र रिक्त रहेका प्रदेशमा पनि सोही दिन उप निर्वाचनको तयारी भएको छ। 

अहिले ४१ स्थानमा जनप्रतिनिधि रिक्त रहेको विवरण निर्वाचन आयोगमा छ। चुनावका दिनसम्म यो बढ्न सक्ने सम्भावना पनि रहन्छ।

स्थानीय तहको तल्लो ईकाई वडा सदस्य, वडा अध्यक्ष, प्रमुख र उपप्रमुखको निर्वाचनमा विभिन्न स्थानमा अनेक दलका प्रतिनिधि उम्मेदवारका रुपमा खडा हुनेछन्। 

अहिले केन्द्रीय तहमा रहेको असन्तुष्टिको केही प्रतिशतको बाछिटा त्यस्ता निर्वाचनमा देखिनेछन्। 

‘स्थानीय तहमा जीत हार भन्दा पनि आगामी आम निर्वाचनमा कस्तो अवस्था आउन सक्छ भन्ने सानो ईकाईमा अध्ययन गर्न सकिन्छ’, जानकारहरू भन्छन्,‘चुनाव हुने मुलुकमा यस्तै ईकाईले केन्द्रीय निर्वाचन कस्तो बनाउन सक्छ भन्ने संकेत मिल्छ।’

तर स्थानीय निर्वाचन दलगत भन्दा पनि व्यक्तिगतको समेतले प्रभावित हुने ठानिन्छ। यद्यपि, यसमा दलका प्रतिनिधिका लागि अघिल्लो पटक र फेरि खसेको मतको मुल्यांकन, मत परिवर्तनको शिलशिलाले आम निर्वाचनमा आउने परिवर्तनको पनि मापन हुने मानिन्छ।

प्रतिनिधि सभाका लागि भएका तीन वटा उप निर्वाचनमा यस्तै नतिजा देखिएको थियो। तनहुँ–१ मा जनताले मत परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई जिताएका थिए भने बारा–४ मा गठबन्धन गर्दा पनि जसपा अध्यक्ष उपेन्द्र यादवलाई जित निकाल्न धौ धौ परेको थियो। 

यसैगरी इलाम–१ मा भने एमालेले मत जोगाएको जस्तो देखिए पनि त्यहाँ पहिचान पक्षधरको मत बलियो देखियो भने रास्वपाले केही संख्यामा बढाएको मापन भएको थियो।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्