Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्द्रजात्रा शुभारम्भ : काठमाडौँ महानगरको शिवपार्वती डवलीमा विशेष सांस्कृतिक कार्यक्रम 

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ  काठमाडौँ महानगरपालिकाले यँयाः इन्द्रजात्रा शुभारम्भका अवसरमा शिवपार्वती डवलीमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । डवली पुनरुत्थान कार्यक्रमअन्तर्गत लोकल्स काठमाडौँसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा धिमे वादन, धिमे नृत्य, धा बाजा प्रस्तुतिसँगै गुर्जुको पल्टनबाट मंगल धुन प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भनीन्, ‘जात्रा र पर्व सञ्चालन हुने ठाउँ र विधि, सञ्चालन गर्ने समुदाय, यससँग सम्बन्धित खानपान, रीतिथिति, परम्परा, गायन, वादन, नृत्य तथा श्रृङ्गार बचाउने र पुस्तान्तरण गर्ने जिम्मेवारीलाई प्राथमिकतामा राखेर निर्वाह गरिरहेका छौँ ।’ त्यस क्रममा उहाँले काठमाडौँ क्रियटिभ सिटीज नेटवर्क ९रचनात्मक सहर सञ्जाल० को सदस्य भएको उल्लेख गर्नुहुँदै कला, साहित्य र सिर्जनालाई रचनात्मक उद्योगका रुपमा विकास गर्न सकिने बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्