Nic Ad Nic Ad
Nic Ad Nic Ad

बारामा रात्रीबस दुर्घटनाः ४३ जना घाइते,आठ जनाको अवस्था गम्भीर

सोमबार, भदौ ३१, २०८१

बारा - बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पताल निजगढमा उपचार भईरहेको छ ।

सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर छ जना र सि.टी अस्पताल निजगढ बारामा गम्भीर दुई जनासहित नौ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले जानकारी दिए । बसको अगाडिको पट्टा भाँचिदा दुर्घटना भएको बताइएको छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्