Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुर उड्न लागेको बुद्ध एयरमा प्राविधिक समस्या, अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य उडान प्रभावित

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भरतपुर उड्न लागेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि यात्रु ओरालिएको छ। 

विमानमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको विमानस्थल स्रोतले जनाएको छ। 

बुद्धको जहाजका कारण अन्य जहाजको उडानमा पनि समस्या भएको हो। 

बुद्ध एयरको नाइन एन–एआईटी जहाज बिहान भरतपुर उड्ने तयारीमा थियो। अवतरणमा कुनै समस्या नभए पनि अन्य जहाज उडानमा डिले भएका छन्।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्