Nic Ad Nic Ad
Nic Ad Nic Ad

समिति सदस्य दाहाल भन्छन्– रकम अपचलनमा लामिछानेको संलग्नता देखियो, कारबाही सिफारिस हुन्छ

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिका सदस्य लेखनाथ दाहाल (राजन)ले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रविा लामिछानेले रकम अपचलन गरेको प्रमाणित भएको बताएका छन्। 

क्यानडानेपालसँगको कुराकानीमा दाहालले भने,‘सहकारीबाट सिधा गोर्खा मिडियामा उहाँले रकम पठाएको होइन तर जीबी राईले त्यसरी ल्याएको पैसाको अपचलनमा उहाँको प्रत्यक्ष संलग्नता रहेका अनेक प्रमाण छन्, प्रतिवेदनमा कारबाहीका लागि सिफारिस हुन्छ।’

दाहाल संसदीय समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका तर्फबाट सदस्य रहेका छन्। 

उनले भने,‘नामै राखेर नै कारबाहीका लागि सिफारिस गरिन्छ। प्रतिवेदनमा त्यो उल्लेख नहुने कुरा भन्ने छैन। नाम त राख्नै पर्छ नि।’

यसबाहेक नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको विषयमा पनि छानबिनका लागि पत्राचार गर्ने निर्णय समितिले गरिसकेको छ।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्