Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्य व्यवस्थाको बैठकअघि नै माओवादीको लाइन– प्रधानमन्त्रीलाई मात्र बोल्न दिन्छौं

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र सम्बोधन गर्न दिने बताएको छ। 

सदनमा निरन्तर हिंसा भन्ने शव्द रेकर्डबाट हटाउन माग गरी अवरोध गरिरहेको उसले प्रधानमन्त्रीअघि माओवादीका सांसदले बोल्ने पनि अडान राखेको छ। 

सदनको अवरोध हटाउने, प्रधानमन्त्रीले बोल्ने र संसद अधिवेशन अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। 

बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा सवा १२ बजेका लागि बोलाइएको छ। 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्