Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

सोमबार, भदौ ३१, २०८१

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो । 

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्