Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सभाका दुई संसदीय समितिले पाए सभापति

सोमबार, भदौ ३१, २०८१

काठमाडौँ- राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । दाहाल नेकपा (एमाले) र शर्मा नेकपा (माओवादी केन्द्र)का हुन् । यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा दाहालको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेका थिए।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्