Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति पौडेलद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य

सोमबार, भदौ ३१, २०८१

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ।'

मन्त्रिपरिषदको भदौ ३० गतेको बैठकले संसदका दुवै सदनको चालु अधिवेशन आज सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार राष्ट्रपति पौडेलले संसद्‌को चालु अधिवेशन अन्त गरेका हुन्।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्