Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन् : सभापति थापा

सोमबार, भदौ ३१, २०८१

काठमाडौं–सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् ।

उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन गरेर २९ जना फरार भएकोसमेत जानकारी गराए ।

उनले भने, ‘जीबी राईसहित २९ जना फरार व्यक्ति भेटिएन । सरकारलाई खोज्न भनेका थियौँ । ५५ जनासँग सोधपुछ गरेका छौँ । समितिले विभिन्न सरोकार वालासँग पनि छलफल गरेको छ ।’

उनले सहकारीको समस्यालाई गम्भीर रूपमा अध्ययन गरेको बताए । उनले बचत तथा ऋणको कारोबार भएको सहकारीमा सबैभन्दा बढी समस्या भएको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्