Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी छानबिन समितिको प्रतिवेदन सदनमा बुझाइयो, रविबारे के छ सिफारिस?

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका लागि बनाइएको संसदीय समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा बुझाईको छ। 

समिति संयोजक नेकपा एमालेका सांसद सूर्य थापाले छोटो सम्बोधन गरी प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएका हुन्। 

सहकारी प्रकरणमा चर्चामा रहेको पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा विविध कोणबाट चर्चा भएको थियो। सहकारीको रकम गोर्खा मिडियामा आएपछि अपचलनमा लामिछानेको भूमिका देखिएको थियो। तर, सहकारीबाट आफैंले रकम ल्याएको भने नपाइएको समितिको प्रतिवेदनमा उल्लेख छ। 

यसअघि सहकारीबाट सिधा गोर्खा मिडियामा रवि लामिछानेले रकम जम्मा नगरे पनि जीबी राईले ल्याएको रकम अपचलन र चलाउने काममा संलग्नता पुष्टि भएको सदस्य माओवादीका सांसद लेखनाथ दाहाल राजनले बताएका थिए।

मिडियामा आएको रकम चलाउनका लागि गरेको हस्ताक्षरलगायतका विषयको गाम्भिर्यतालाई ख्याल गरेर प्रतिवेदनमा आवश्यक सुझाव दिइएको समिति सदस्य बताउँछन्।
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्