Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारीमा धेरै कुरा फेक छन् : सभापति थापा

सोमबार, भदौ ३१, २०८१

काठमाडौं सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले धेरै सहकारीहरू नियम अनुसार नचलेको बताएका छन् । 

सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्दै उनले सहकारीका साधारण सभा, ल्याप्चे, ऋण प्रवाह पनि फेक भएको दाबी गरे । 

‘सबै फेक छन् । धेरै सहकारीमा ऋण पनि फेक भएको छ । सही किर्ते छ । मैले प्रतिवेदनमा पनि समावेश गरेको छु । उनले उदाहरण दिँदै भने, ‘गायक रामकृष्ण ढकाल पनि फेकको सिकार हुनुहुन्छ । डिभोर्ससमेत फेक भएका छन् ।’ 

उनले गोरखा मिडियाबारे केही बोले भने रास्वपा सभापति रवि लामिछानेको बारेमा भने केही बोलेनन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्