संसदले सरकारलाई पठायो सहकारी विशेष समितिको प्रतिवेदन
काठमाडौँ- प्रतिनिधि सभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।
सोमबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्