Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ५७ अंकले घट्यो, ७ अर्बको कारोबार

सोमबार, भदौ ३१, २०८१

काठमाडौं-नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ ।

आज ३१२ कम्पनिको कारोबार हुँदा एक करोड ७० लाख ६१ हजार ८०७  कित्ता शेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज गुडविल फाइनान्सको शेयर मुल्य सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिइबिडी हाइड्रोको सबै भन्दा बढी ३१ करोड ११ लाख ४९ हजार ७३६ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सबैभन्दा बढी ५ लाख ७७ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ  ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्