Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदको बर्खे अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदै, के भयो ५३ दिनमा (पूर्णपाठ)

सोमबार, भदौ ३१, २०८१

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बर्खे अधिवेशन आज मध्य रातिबाट अन्त्य हुँदैछ । गत वैशाख २८ गतेबाट प्रारम्भ भएको चौथो अधिवेशन आजसम्म १३० दिन चालू रहेको संसद सचिवालयले जनाएको छ । योबीचमा भए/गरेका संसदीय गतिविधिबारे सभामुख देवराज घिमिरेले आजको बैठकमा संक्षिप्त जानकारी गराएका छन् ।

जसअनुसार ५३ दिनमा ५६ पटक बैठक बसेर २०६ घण्टा २५ मिनेट संसदीय काम कारवाहीमा बितेको छ । यस अवधिमा संयुक्त बैठक दुई पटक बसी ३ घण्टा ५५ मिनेट समय व्यतीत गरिएको छ ।

यस अधिवेशनमा प्रतिनिधिसभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भयो । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्