Nic Ad Nic Ad
Nic Ad Nic Ad

संवैधानिक परिषद्को बैठक सुरु

सोमबार, भदौ ३१, २०८१

काठमाडौं– संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा बैठकमा छलफल हुने बताइएको छ । 

यसअघि भदौ २८ मा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको थियो । विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको छ ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन् । त्यसपछि क्रमश: नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाइएको छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्