Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल भर्सेस क्यानडाः सधैंजस्तै ब्याटिङमै छ चुनौति ,रन लिनै हम्मेहम्मे

सोमबार, भदौ ३१, २०८१

अशोक सापकोटा,आईसीसी विश्वकप लिग-२अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखला आजदेखि क्यानडामा शुरू हुँदैछ । नेपालसहित क्यानडा र ओमानबीच हुने त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलाको उद्घाटन खेलमा नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ । 

नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । लिग– २ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई यी खेलहरू जित्नै पर्ने दबाब छ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज  २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।

यो श्रृङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ । विश्वकप लिग २ मा ८ खेल खेलेको नेदरल्याण्डस् १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेल खेलेको स्कटल्याण्ड ४ मा जीत र २ मा हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ ।
८ अंक भएको क्यानडा तेस्रो स्थानमा छ । समान खेल र समान नतिजासहित नामिबिया चौथो स्थानमा छ । ४ अंकको अमेरिका पाँचौ स्थानमा छ । ३ अंकको ओमान छैटौ तथा २ अंकको नेपाल साँतौ स्थानमा छ । यी दुवै टोलीले समान चार खेलेका छन् । ३ खेलमा ३ वटै खेलमा हार भोगेको युएई अंक तालिकाको पुछारमा छ ।

केही दिन अगाडी क्यानडाको स्थानीय टोलि विरुद्द नेपालले जित हात पारेको थियो । जित हात पारेपनि सो खेलमा नेपालको ब्याटिङ् चिन्ताजनक रहेको थियो । उक्त खेलमा नेपालले पूरा ५० ओभर खेल्न सम्म सकेन,  क्यानडाको स्थानीय टोलि संग यो किसिमको प्रदशनले हाल नेपाली समर्थक पनि चिन्तित रहेका छन् ।

नेपाली खेलाडीहरुको प्रमुख कमजोरी भनेको स्ट्राइक रोटेट गर्न नसक्नु हो , जुन ओडिआई क्रिकेटमा सबैभन्दा महत्वपुर्ण मणिन्छ । नेपालका खेलाडिहरु बाउन्ड्री सम्म बल त पुर्याउछन् तर सधैंको कमजोरी सम्हालिएर खेल्न भने सक्दैनन् ।जसका कारण नेपाली खेलाडिको स्ट्राईक रेट सधैं न्युन हुने गर्दछ । क्यानडाको स्थानीय टोलिसंग पनि सोहि क्रम दोहोरियो , क्यानडाको स्थानीय टोलिसँगको खेल प्रदशनमा नेपालले गरेको ब्याटिङलाई सरसर्ती हेर्ने हो भने अत्याधिक डट बल खेलेको देख्न सकिन्छ । नेपालका सलामी ब्याट्समेन कुशल भुर्तेलले ६ बलमा बाउन्ड्री लगाएर २४ रन बनाए, अर्थात् अरु १७ रन बनाउन ५४ बल लिए , जसले उनको डटबल पर्सेन्टेज अत्याधीक रहेको देखाउछ । 
त्यस्तै रोहितले २ चौका २ छक्का प्रहार गर्दै २० रन बनाएका थिए, यानिकी उनले २० रन बनाउन केवल ४ बल लिए , ४८ बलमा ३३ रन बनाईरहदा उनले बाकी १३ रन बनाउन ४४ बल खेले ।

त्यस्तै २६ बलमा १९ रन बनाएका गुलसनले २ चौका र १ छक्का प्रहार गरे यानिकि - ३ बलमा १४ रन बन्यो र बाकी २३ बलमा केवल ५ रन बनाए ,
ब्याटिङ् गर्नेले डट बलपनि खेल्नुपर्छ , बाउन्द्री पनि प्रहार गर्नुपर्छ ,यसरी आफ्नो ब्याटिङ् ईनिङ्सलाई सन्तुलन बनाउनुहपर्छ तर डटबल प्रतिशत ५० रन भन्दा बढी हुनु भनेको ओडिआई क्रिकेटमा राम्रो मानिदैंन ।

यो आजको मात्र समस्या होइन , नेपालले जच देखी अन्तराष्ट्रीय क्रिकेट खेल्न लाग्यो तव देखी यो समस्या जिउको तिउ छ । विश्व क्रिकेटमा ओडीआईका महानम् ब्याट्सम्यानहरुको डट बलको प्रतिशत लगभग १५-२५% हुन्छ जबकि बिग सट खेल्ने क्षमता ३०-४०% रहन्छ । तर त्यसको ठिक विपरित नेपालका ब्याट्सम्यानको डट बल प्रतिशत लगभग सबै खेलमा ५०% भन्दा बढी हुन्छ । ओडिआई क्रिकेटमा मात्रै होईन टी-२० आई मा पनि नेपालको यहि समस्या छ ।
विश्वकै अब्बल तथा  एक दिवसीय क्रिकेटका सर्वाधिक सफल खेलाडी विराटलाई कोहलीलाई नै हेर्नुहोस् । कोहली सधैं सम्हालिएर खेल्छन् सुरुमा केही डट खेलेपनि खेल बढ्दै जादा उनको स्ट्राईक रेटले पनि गति लिन थाल्छ । र खेलको ईनिङ् सकिदासम्म उनले बनाएको रन लोभलाग्दो देखीन्छ । विराटको रनिङ् विट्विन द विकेट को त सर्वत्र तारिफ हुन्छ ।

नेपालमा केही खेलाडिको बाहेक अधिकांसको कमजोरी भनेको खेलको दौरान स्ट्राईक रोटेट गर्न नसक्नु हो ,जसको नतिजा हो अत्याधीक डटबलका कारण खेलाडीमा प्रेसर थपिन्छ र प्रेसर निष्कृय पार्न लामो सट खेल्न खोज्दा नेपाली खेलाडिहरु विकेट गुमाउन पुग्छन् ।
आजदेखि सुरु हुन लागेको त्रिदेशीय श्रृङ्खलामा पनि नेपाली खेलाडिले सोहि कुरा नदोहोर्याउन् । विशेषगरि पछिल्लो समय नेपालको खेल विश्वस्थरीय हुदै गर्दा समग्र क्रिकेटिङ जमातको नजर नेपालमा परेको छ । त्यसका कारण पनि नेपालले अब्बल दर्जाको खेल पस्कनु आवश्यक हुन्छ ।त्यसका लागि सकारात्मक मानसिकता लिएर मैदानमा उत्रनुको विकल्प छैन ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्