Nic Ad Nic Ad
Nic Ad Nic Ad

नुवाकोटमा स्नानको क्रममा बगेर तीर्थयात्री बेपत्ता

सोमबार, भदौ ३१, २०८१

नुवाकोट- नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा साेमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएकी छन् ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौं बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । 

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ ।

खोलाले बगाएलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्