Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपले दिलाए दोस्रो विकेट

सोमबार, भदौ ३१, २०८१

घरेलु टोली क्यानडा विरुद्ध जारी ओडिआईमा सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।

सन्दीपले ३५ बलमा १७ रन बनाएर खेलिरहेका प्रगत सिंहलाई एलबिडब्लु आउट गराएका हुन् । करिब १३ महिना पछि ओडिआईमा पुनरागमन गरेका सन्दीपले पुनरागमन खेलमा विकेट लिएका हुन् ।

क्यानडाले अहिले १७औं ओभरको समाप्तीमा २ विकेट गुमाएर ५६ रन बनाएको छ ।

ललित राजवंशीले आफ्नो इनिङको पहिलो बलमा नै विकेट लिएका छन् । सातौं ओभरमा बलिङका लागि आएका ललितले पहिलो बलमा नै विकेट लिएका हुन् ।

ललितले सातौं ओभरको पहिलो बलमा १६ बलमा १२ रन बनाएका ओपनर आरोन जोनसनको विकेट लिएका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्